BIZMANDU
www.bizmandu.com

शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंक, ‘छैन थप लचकता अपनाउने ठाउँ’

२०८१ मंसिर १३

शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंक, ‘छैन थप लचकता अपनाउने ठाउँ’
शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंक, ‘छैन थप लचकता अपनाउने ठाउँ’

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ। शुक्रबार बिहान सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीति समीक्षा गर्ने राष्ट्र बैंकको तयारी छ।

Tata
GBIME
NLIC

आज भने व्यवस्थापन समिति र विभागहरुले ल्याएको प्रस्तावमाथि छलफल गरिएको स्रोतले जनाएको छ।

‘मौद्रिक नीतिको समीक्षाको लागि व्यवस्थापन समितिमा र विभागहरुले ल्याएको प्रस्तावमाथि छलफल भइसकेको छ,’ स्रोतले भन्यो,’शुक्रबार बिहान सञ्चालक समिति बसेर मौद्रिक नीति समीक्षा गर्ने तयारी छ। राष्ट्र बैंकले थप लचकता अपनाउने ठाँउ नभएको छलफलको निष्कर्ष छ।’

मौद्रिक नीति मार्फत लचकता अपनाउने ठाँउ नहुँदा नयाँ कुरा नपाउने स्रोतको दाबी छ।

यता, ब्याजदर घट्दै आइरहे पनि कर्जाको माग बढ्न नसकेको बेलामा बैंक तथा वित्तिय संस्थाहरुले सेयर तथा ‘वण्ड’मा लगानी सीमा खुकुलो नीति अबलम्बन गरिदिन माग गरेका थिए। साथै, निर्माण क्षेत्रको कर्जा तिर्ने समय समय थप गर्न माग गरेका थिए।

राष्ट्र बैंकले निर्माण व्यवसायलाई प्रवाह भएको कर्जाको साँवा ब्याज तिर्ने अवधि २०८१ मंसिरसम्म गरिएको थियो भने उक्त अवधिसम्म चेक अनादर भएको आधारमा मात्र निर्माण व्यवसायलाई कालोसूचीमा समावेश नगर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो। यो व्यवस्था पुस मसान्तसम्म मात्रै हो।

यी विषयमा राष्ट्र बैंकमा कुनै छलफल नभएको स्रोतको दाबी छ।