BIZMANDU
www.bizmandu.com

सेयर बजार लगातार तेस्रो दिन उकालो, नेप्से ३९.७० अंकले बढ्दा ९.३१ अर्बको कारोबार

२०८१ मंसिर १२

सेयर बजार लगातार तेस्रो दिन उकालो, नेप्से ३९.७० अंकले बढ्दा ९.३१ अर्बको कारोबार
सेयर बजार लगातार तेस्रो दिन उकालो, नेप्से ३९.७० अंकले बढ्दा ९.३१ अर्बको कारोबार


काठमाडौं। सेयर बजार परिसूचक लगातार तेस्रो दिन उकालो लागेको छ। नेप्से परिसूचक बुधबार ३९.७० अंकले बढेर २७५६.३६ विन्दुमा पुगेको छ।

Tata
GBIME
NLIC

नेप्से मंगलबार ३३.४१ र सोमबार १५.८३ अंकले बढेको थियो। बुधबार फाइनान्सबाहेकका बाँकी उपसमूहले नेप्से बढाएका हुन्। व्यापार उपसमूहको सूचक ९.२७ प्रतिशतले बढेको छ।

३८ कम्पनीका लगानीकर्ताले गुमाउँदा २०० कम्पनीका लगानीकर्ताले कमाएका छन्।

विशाल बजार कम्पनी लगायत विभिन्न ९ कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ। मिथिला लघुवित्तको सेयरमा भने नेगेटिभ सर्किट लागेको छ। यो कम्पनीका लगानीकर्ताले प्रति कित्ता १९६ रुपैयाँ गुमाएका छन्।

बजारमा ९ अर्ब ३१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो कारोबार रकम मंगलबारको तुलनामा करिब २ अर्ब रुपैयाँ बढी हो। बुधबार जानकी फाइनान्सको सबैभन्दा धेरै ३४ करोडको सेयर किनबेच भएको छ।