काठमाडौं। अब सुन व्यवसायीहरूले सिधैं वाणिज्य बैंकबाट सुन खरिद गर्न पाउने भएका छन्। सर्वोच्च अदालतले सुन व्यवसायी महासंघबाट मात्र खरिद गर्नुपर्ने सुनको कोटा हटाएर अर्को आदेश नआएसम्म सिधैं बैंकबाट खरिद गर्न निर्णय सुनाएको छ।
यसअघि विभिन्न संघ तथा महासंघमार्फत व्यवसायीले सुन किन्दै आएका थिए। मंसिर ७ गते सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको इजलासले राष्ट्र बैंकले जारी गरेको नियम पूरा भएको खण्डमा महासंघबाट नगरेर सिधै सुन खरिद गर्न सक्ने आदेश दिएको हो।
यसअघि विदेशबाट वाणिज्य बैंकले दैनिक २० किलो सुन खरिद गरेर महासंघले खरिद गरेपछि व्यापारीहरूलाई दिने गरेको थियो।
रिद्धिसिद्धि ज्वेलर्स प्रालिका तर्फबाट सागर ढुंगानाले असोज ११ गते अदालतमा रिट दायर गरेका थिए।