BIZMANDU
www.bizmandu.com

तीन दिनपछि फेरि बढ्यो सुनचाँदी, सुन तोलामा ९ सय बढ्दा चाँदीमा १० रुपैयाँको बढोत्तरी

२०८१ मंसिर १२

तीन दिनपछि फेरि बढ्यो सुनचाँदी, सुन तोलामा ९ सय बढ्दा चाँदीमा १० रुपैयाँको बढोत्तरी
तीन दिनपछि फेरि बढ्यो सुनचाँदी, सुन तोलामा ९ सय बढ्दा चाँदीमा १० रुपैयाँको बढोत्तरी


काठमाडौं। सुनको कारोबार मूल्य तीन दिनपछि बढेको छ। मंगलबारको तुलनामा बुधबार सुन तोलामा ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार मूल्य प्रति तोला १ लाख ४९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

भन्सार घट्नुका साथै अन्तर्राष्ट्रिय बजारमा भाउ घटेका कारण लामो समयपछि यो साता सुनको कारोबार मूल्य १ लाख ५० हजारभन्दा तल आइपुगेको थियो। साताको दोस्रो दिनका तुलनामा तोलामा २ हजार ६ सय रुपैयाँ घट्दा मंगलबार प्रति तोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार सुनसँगै चाँदीको कारोबार मूल्यमा पनि बढोत्तरी छ। १० रुपैयाँ बढ्दा बुधबार चाँदी प्रति तोला १ हजार ८ सय ३० रुपैयाँ भएको छ। मंगलबार २५ रुपैयाँ घट्दा प्रति तोला १ हजार ८ सय २० रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य फेरि बलियो हुँदा स्थानीय बजारमा मूल्य प्रभावित भएको छ। मंगलबार प्रति औंस  २६२७.०३ डलर रहेको सुन बुधबार बढेरर २६४४.८२ डलर पुगेको छ।

चाँदी प्रति औंस ३०.५८ डलर छ। मंगलबार प्रति औंस ३०.३५ डलरमा कारोबार भएको थियो।