BIZMANDU
www.bizmandu.com

प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रियो, विभिन्न छुटसहित अफर घोषणा

२०८१ मंसिर १२

प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रियो, विभिन्न छुटसहित अफर घोषणा
प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रियो, विभिन्न छुटसहित अफर घोषणा


काठमाडौं। प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क औपचारिक रुपमा नेपाल भित्रिएको छ। नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केट प्लेस मोबाइलमान्डुले ब्ल्याक शार्क गेमिङ एसेसरिज लन्च गरेको हो ।

Tata
GBIME
NLIC

मंसिर ११ देखि १७ गतेसम्म गेमिङ र हेल्थ तथा प्रविधिमा चासो राख्ने ग्राहकले सो ब्रान्डका स्मार्टवाच र इयरबडको बारेमा जानकारी लिन र प्रयोग गर्न सक्ने छन्।

ब्ल्याक शार्कको नेपाली बजारमा औपचारिक लन्चको अवसरमा सीमित समयका लागि छुट र अन्य विभिन्न अफर ल्याएको जनाएको छ। प्रिमियम एसेसरिजलाई अझ सबैको पहुँचयोग्य बनाउनका लागि सीमित समयका लागि ५० प्रतिशत छुट अफर उपलब्ध हुनेछ।

त्यसैगरी, पहिलो ५० ग्राहकले जीटी३ नियो स्मार्टवाच र टी९ इयरबडमा विशेष छुट प्राप्त गर्ने छन्। यीबाहेक सुरुमै एसेसरिज किन्ने ग्राहकलाई ग्याजेटको अनुभव मज्जाले लिन र ब्रान्ड भ्याल्यु बुझाउन सहजताका लागि स्पेसल गिफ्ट ह्याम्पर समेत प्रदान गरिने छ।

विभिन्न भाग्यशाली ग्राहकलाई ५० हजार रुपैयाँ मूल्यको ब्ल्याक शार्क प्रडक्ट उपलब्ध गराइने कम्पनीले जनाएको छ।

७ देखि २१ दिन सम्मको ब्याट्री लाइफ भएका यी स्मार्टवाच गेमिङमा प्रयोग गर्न सकिन्छ। इयरबडको ब्याट्री लाइफ ४० घण्टासम्म रहेको दाबी कम्पनीको छ।