BIZMANDU
www.bizmandu.com

एनएलजी इन्स्योरेन्सको ९६.३१ लाख कित्ता हकप्रद सेयरमा खुल्यो आवेदन, म्याद पुस १ सम्म

२०८१ मंसिर ११

एनएलजी इन्स्योरेन्सको ९६.३१ लाख कित्ता हकप्रद सेयरमा खुल्यो आवेदन, म्याद पुस १ सम्म
एनएलजी इन्स्योरेन्सको ९६.३१ लाख कित्ता हकप्रद सेयरमा खुल्यो आवेदन, म्याद पुस १ सम्म

काठमाडौं। एनएलजी इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्‍याउन हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले चुक्ता पुँजीको ६२.५६ प्रतिशत हकप्रद सेयर मंगलबार निष्कासन गरेको हो।

Tata
GBIME

कम्पनीले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्रीबाट ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ पुँजी जुटाउँदैछ।

कम्पनीले कात्तिक २७ गते बुकक्लोज गरेकोले त्यसअघि कायम सेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन पाउनेछन्।

इन्स्योरेन्सको प्रति कित्ता १०० रुपैयाँ अंकित हकप्रद सेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ। इन्स्योरेन्सको चुक्ता पुँजी अहिले १ अर्ब ५३ करोड ९५ लाख ३६ हजार १०० रुपैयाँ छ। हकप्रद निष्कासन पछि २ अर्ब ५० करोड २६ लाख ५ रुपैयाँ पुग्नेछ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २.५ अर्ब रुपैयाँ तोकेको छ। कम्पनीले हकप्रद सेयरमार्फत पुँजी वृद्धि गर्न लागेको हो।