BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्य घट्दो, सुन तोलामा २६ सय र चाँदीमा २५ रुपैयाँको गिरावट

२०८१ मंसिर ११

सुनचाँदीको मूल्य घट्दो, सुन तोलामा २६ सय र चाँदीमा २५ रुपैयाँको गिरावट
सुनचाँदीको मूल्य घट्दो, सुन तोलामा २६ सय र चाँदीमा २५ रुपैयाँको गिरावट


काठमाडौं। सुनको मूल्य फेरि घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले घटेको छ।

Tata
GBIME

मंगलबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ४८ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार एकै दिन सुनको भन्सारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि भाउ घटेपछि कारोबार मूल्य तोलामा १५ हजार ९ सय रुपैयाँले घटेको थियो। प्रतितोला एक लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको कारोबार मूल्य पनि घटेको छ। मंगलबार तोलामा २५ रुपैयाँले घटेर प्रति तोला १ हजार ८ सय २० रुपैयाँ कायम भएको छ। १ सय १५ रुपैयाँ घट्दा सोमबार प्रति तोला एक हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घटेपछि स्थानीय बजारमा पनि यसको प्रभाव देखिन थालेको छ। मंगलबार पनि सुनको भाउ घटेर प्रतिऔंस २६२७.०३ डलरमा आइपुगेको छ।

चाँदी प्रतिऔंस ३०.३५ डलर छ। सोमबार सुन प्रति औंस २६७३.०७ डलर र चाँदी प्रति औंस ३०.७९ डलर थियो।