BIZMANDU
www.bizmandu.com

सानिमा बैंकले विस्तार गर्‍यो सञ्जाल, काठमाडौंको थलीमा संचालनमा आयो नयाँ शाखा

२०८१ मंसिर ९

सानिमा बैंकले विस्तार गर्‍यो सञ्जाल, काठमाडौंको थलीमा  संचालनमा आयो नयाँ शाखा
सानिमा बैंकले विस्तार गर्‍यो सञ्जाल, काठमाडौंको थलीमा संचालनमा आयो नयाँ शाखा

काठमाडौं। सानिमा बैंक लिमिटेडले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ स्थित थलीमा शाखा विस्तार गरेको छ। आइतबार थलीमा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरिएको बैंकले जनाएको छ।

Tata
GBIME

उक्त शाखा कार्यालयको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका संचालक लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका छन्।

कार्यक्रममा नगर प्रमुख कार्कीले सानिमा बैंकले नगरपालिकाको भवनमा शाखा विस्तार गरेकोमा कृतज्ञता व्यक्त गर्दै बैंकमार्फत स्थानीयमा सहज बैंकिङ सेवाको पहुँचबाट लाभान्वित हुने बताए।

यसैगरी, मह जोडीले थलीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे।

त्यस्तै, सानिमा बैंकका संचालक निरौला र प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।