BIZMANDU
www.bizmandu.com

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले काठमाडौंको कोटेश्वरमा गरे प्रदर्शन

२०८१ मंसिर ७

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले काठमाडौंको कोटेश्वरमा गरे प्रदर्शन
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले काठमाडौंको कोटेश्वरमा गरे प्रदर्शन

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले काठमाडौंको कोटेश्वरमा प्रदर्शन गरेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को हिरासतमा रहेका प्रसाईंलाई रिहाइको माग गर्दै समर्थकहरूले प्रदर्शन गरेका छन्।

Tata
GBIME

मंगलबार बिहान पक्राउ परेका प्रसाईंलाई प्रहरीले बुधबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंगलबार सीआइबीले पक्राउ गरेको थियो।

यसअघि पनि उनी असोज ६ गते पक्राउ परेका थिए। त्यसको ९ दिनपछि उनी एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।