BIZMANDU
www.bizmandu.com

एनसेलको एक्सचेन्ज डेटा अर भ्वाइस अफर, भ्वाइस डेटासँग वा डेटा भ्वाइससँग साट्न मिल्ने

२०८१ मंसिर ६

एनसेलको एक्सचेन्ज डेटा अर भ्वाइस अफर, भ्वाइस डेटासँग वा डेटा भ्वाइससँग साट्न मिल्ने
एनसेलको एक्सचेन्ज डेटा अर भ्वाइस अफर, भ्वाइस डेटासँग वा डेटा भ्वाइससँग साट्न मिल्ने


काठमाडौं। एनसेल प्रयोगकर्ताहरुले सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटालाई भ्वाइससँग साट्न पाउने भएका छन्।

Tata
GBIME
NLIC

सधैं अनमा प्रयोगकर्ताहरुले प्याकअनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउने गरेका छन्। सेवा प्रयोग गर्दा डेटा सकियो तर, भ्वाइस बाँकी रहेको खण्डमा ग्राहकले बाँकी भ्वाइसलाई एनसेल एपमार्फत साट्न अथवा परिवर्तन गर्न सक्ने एनसेलले जनाएको छ। त्यसैगरी बाँकी डेटालाई पनि भ्वाइसमा रुपान्तरण गर्न सकिन्छ।

यो सुविधा सधैं अनका ३९९, ४९९ र ५९९ रुपैयाँका प्याकहरुमा मान्य हुने कम्पनीले जनाएको छ। प्रयोगकर्ताहरुले आफ्नो एनसेल एपमा ‘एक्सचेन्ज डेटा अर भ्वाइस’मा गएर आफूलाई आवश्यक परेको सेवाका अनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्ने जनाएको छ।

उदाहरणका लागि प्रयोगकर्ताहरुले ५० मिनेटको भ्वाइस सेवालाई १२५० एमबी डेटासँग साट्न सक्छन्। त्यसैगरी, १ जीबी डेटा ४१ मिनेट भ्वाइस सेवामा रुपान्तरण गर्न सक्छन्। आफूसँग बाँकी रहेको भ्वाइस वा डेटा सेवाको ९० प्रतिशतसम्मको सेवा आफूलाई आवश्यक सेवा अनुसार साट्न सकिने सुविधा एनसेलले दिनेछ।

एनसेलको एप एनसेलकै डेटामा प्रयोग गर्दा कुनै शुल्क लाग्दैन। एनसेलका ग्राहकले पहिलो पटक एप डाउनलोड गर्दा १ जीबी डेटा निःशुल्क पाउँछन्।