BIZMANDU
www.bizmandu.com

सर्च इन्जिनमा एकाधिकार तोड्न क्रोम बेच्न सुझाव, प्रविधिमा अमेरिकी नेतृत्व समाप्त हुन्छ : गुगल

२०८१ मंसिर ६

सर्च इन्जिनमा एकाधिकार तोड्न क्रोम बेच्न सुझाव, प्रविधिमा अमेरिकी नेतृत्व समाप्त हुन्छ : गुगल
सर्च इन्जिनमा एकाधिकार तोड्न क्रोम बेच्न सुझाव, प्रविधिमा अमेरिकी नेतृत्व समाप्त हुन्छ : गुगल

अमेरिकाको न्याय विभागले टेक जायन्ट कम्पनी गुगललाई वेब ब्राउजर क्रोम बिक्री गर्न भनेको छ। क्रोम विश्वको सबैभन्दा पपुलर वेब ब्राउजर हो।

Tata
GBIME

अनलाइन सर्चमा अहिले क्रोमको एकाधिकार जस्तो छ। त्यसैको विरुद्ध अमेरिकामा उजुरी परेको थियो। लामो अध्ययन र अनुसन्धानपछि विभागले अनलाइन सर्चमा क्रोमको ‘मोनोपोली’ अन्त्य गराउन त्यसलाई बिक्री गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन अदालतमा दर्ता गरेको हो।

यस्तै, सरकारी वकिलहरुले एप्पल र सामसङसँग क्रोम सर्च इन्जिनलाई ‘डिफ्ल्ट’ बनाउनुपर्ने सम्झौता गर्न रोक्न समेत अदालतमा समक्ष माग राखेका छन्।

गत अगस्टमा गुगलले गैरकानुनी रुपमा अनलाइ सर्च प्रतिस्पर्धामा आफ्नो दबदबा कायम राखेको फैसला भएको थियो। अदालतले बजारमा सर्च इन्जिनबीच प्रतिस्पर्धा बढाउनुपर्नेमा जोड दिएको थियो।

गुगलले भने विभागको सुझावले विश्वमा अमेरिकाको ‘टेक्नोलोजी लिडरसिप’ धरापमा पर्ने टिप्पणी गरेको छ। अदालतको फैसलाभन्दा विभागको सुझावहरु अहितकारी भएको गुगलले दाबी गरेको छ। गुगलले सर्च इन्जिनको प्रतिस्पर्धाबारे समाधान गर्नेबारे अदालतमा मुद्दा पनि लड्ने तयारी गरिसकेको छ।

विश्वभर सर्च इन्जिनमा क्रोमको प्रयोग ९० प्रतिशत हुने गर्छ।