काठमाडौं। सुनको कारोबार मूल्य फेरि बढेको छ। अन्तर्राष्ट्रिय बजारमा घट्दा पनि नेपाली बजारमा अघिल्लो दिनको भन्दा तोलामा एक हजार रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार कारोबार मूल्य प्रति तोला एक लाख ६४ हजार रुपैयाँ निर्धारण भएको छ। बुधबार तोलामा ९ सय रुपैयाँ बढेर प्रति तोला एक लाख ६३ हजार रुपैयाँ कारोबार भएको थियो।
चाँदीको मूल्य भने स्थिर छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रति तोला एक हजार ९ सय ५० रुपैयाँमा थियो। अन्तर्राष्ट्रिय बजारको बिहानको मूल्यअनुसार २६३६ डलर अनुसार कारोबार मूल्य नयाँ तोकिएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार प्रति औंस २६३६.९५ डलर रहेको सुन बिहीबार घटेर प्रति औंस २६५७.३२ डलरमा आइपुगेको छ।चाँदी प्रति औंस ३१.१५ डलर छ। बुधबार चाँदी प्रति औंस ३१.१७ डलर थियो।