BIZMANDU
www.bizmandu.com

नगर विकास कोषको सीइओ पदका लागि ५ जना सर्ट लिस्ट, अन्तर्वार्ता शुक्रबार

२०८१ मंसिर ६

नगर विकास कोषको सीइओ पदका लागि ५ जना सर्ट लिस्ट, अन्तर्वार्ता शुक्रबार
नगर विकास कोषको सीइओ पदका लागि ५ जना सर्ट लिस्ट, अन्तर्वार्ता शुक्रबार

काठमाडौं। नगर विकास कोषको कार्यकारी निर्देशक पदका लागि आवेदक १५ मध्ये ५ जना अन्तिम छनोट सूचीमा परेका छन्।

Tata
GBIME
Nepal Life

छनोट सिफारिस समितिका अनुसार काभ्रेका दिनेश त्रिपाठी, राजेशकुमार भोछिभोया, तनहुँका ध्रुवराज भट्टराई, ताप्लेजुङका रामप्रसाद पौडेल र चितवनका विनोदप्रकाश पण्डित सर्ट लिस्टेड भएका छन्। उनीहरु कार्यपत्र तथा प्रस्तुतीकरणको मूल्यांकन गरी विनियमावलीको विनियम न. १४.३(३) बमोजिम सबैभन्दा बढी अंक प्राप्त गरेका आधारमा अन्तिम सूचीमा परेका हुन्।

अन्तिम छनोट सूचीमा परेकामध्येबाट एक जना नियुक्त हुनेछन्। सूचीमा परेकाहरुलाई समितिले अन्तर्वार्ताका लागि मंसिर ७ गते शुक्रबार बिहान कोषको बानेश्वरस्थित सभाहलमा बोलाएको छ।