BIZMANDU
www.bizmandu.com

सवा १६ अर्बमा बिक्री भएको यो पेन्टिङ, अनुमानित रकम भन्दा ३ अर्ब बढीमा बिक्यो

२०८१ मंसिर ५

सवा १६ अर्बमा बिक्री भएको यो पेन्टिङ, अनुमानित रकम भन्दा ३ अर्ब बढीमा बिक्यो
सवा १६ अर्बमा बिक्री भएको यो पेन्टिङ, अनुमानित रकम भन्दा ३ अर्ब बढीमा बिक्यो

काठमाडौं । न्यूयोर्कमा एउटा पेन्टिङ १२१ मिलियन अमेरिकी डलर (करिब १६ अर्ब २९ करोड) रुपैयाँमा बिक्री भएको छ।

Tata
GBIME

क्रिस्टिज् अक्सनमा रेने माग्रिटको पेन्टिङ तय मूल्यभन्दा बढी रकममा बिक्री भएको हो। सो पेन्टिङको मूल्य अक्सनमा ९५ मिलियन अमेरिकी डलर (करिब १३ अर्ब रुपैयाँ) सम्म पुग्ने अनुमान थियो।

२० औं शताब्दीमा तयार गरिएको यो पेन्टिङलाई अक्सन हाउसले ‘क्राउन ज्वेल’ भनेको छ। अमेरिकी इन्टेरियर डिजाइनर मिका एरटेगनको कलेक्सनमा रहेको सो पेन्टिङ मंगलबार बिक्री भएको हो।

हेर्नुस रेकर्ड मूल्यमा बिक्री भएको पेन्टिङ । तस्विर : क्रिस्टिज् अक्सन