BIZMANDU
www.bizmandu.com

काठमाडौंको न्युरोडबाट हटाइए बिजुलीका पोल, असरल्ल तारहरु हट्दा यस्तो देखियो (फोटो फीचर)

२०८१ मंसिर ५

काठमाडौंको न्युरोडबाट हटाइए बिजुलीका पोल, असरल्ल तारहरु हट्दा यस्तो देखियो (फोटो फीचर)
काठमाडौंको न्युरोडबाट हटाइए बिजुलीका पोल, असरल्ल तारहरु हट्दा यस्तो देखियो (फोटो फीचर)


काठमाडौं। उपत्यकासँगै मुलुकका प्रमुख सहरहरुमा नेपाल विद्युत प्राधिकरणले बिजुलीका तार भूमिगत गरिरहेको छ। तार भूमिगत गर्ने योजनामा काठमाडौंको न्युरोडमा काम सकिएको छ। अब उक्त क्षेत्रमा बिजुली भूमिगत तारका माध्यमबाट दिइएको छ।

Tata
GBIME
NLIC

परीक्षणका रूपमा प्राधिकरणले उक्त क्षेत्रमा विद्युत वितरण नयाँ प्रणालीबाट गरिरहेको छ। असरल्ल तार, जथाभावी पोलहरु अब विस्तारै हट्दै जाने न्युरोड क्षेत्रमा अघि बढेको योजनाले देखाएको छ। बिजुलीका पोलहरु हटेपछि न्युरोड क्षेत्रका सडकपेटी खुला देखिएको छ।

ट्रान्सफर्मरहरु राखिएका एकाधबाहेक अधिकांश पोल हटाइएका छन्। प्राधिकरणले यो क्षेत्रमा पोल व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकासँग समन्वय गरेको हो। तार भूमिगत गर्ने योजना सम्पन्न हुँदै गएका क्षेत्रमा प्राधिकरणले विस्तारै पोलहरु हटाउँदै जाने भएको छ।

प्राधिकरणको यो योजनामा स्थानीय सरकारको समन्वय भएमा छिटै मुलुकका प्रमुख सहर र बजार क्षेत्रमा तार र पोलको व्यवस्थापन सहज हुने देखिएको छ।