काठमाडौं। सुनको मूल्य लगातार बढ्दै बुधबार प्रति तोला १ लाख ६३ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको हो।
मंगलबार सुन तोलामा ११ सय रुपैयाँ बढेर प्रति तोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार प्रति तोला १ हजार बढ्दा १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो। आइतबार सुनको भाउ प्रति तोला १ लाख ६० हजार थियो।
चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ९५० रुपैयाँ कायम छ। अछिल्लो दिन चाँदी तोलामा ३५ रुपैयाँ बढ्दै प्रति तोला १ हजार ९५५ रुपैयाँ थियो।
सोमबार चाँदीको मूल्य १५ रुपैयाँ बढ्दै १ हजार ९२० रुपैयाँ कायम भएको थियो। आइतबार चाँदी प्रति तोला १ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस २६३६.९५ डलर पुगेको छ। चाँदी प्रति औंस ३१.१७ डलरमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रति औंस २६२४.०४ डलर थियो।