काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक रोकेर सरकारको मुख्य घटक नेपाली कांग्रेससँग छलफल गरेका छन्।
उनले कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेतालाई बालुवाटारमा बोलाएर छलफल गरेका हुन्। बैठकमा कांग्रेस महामन्त्री गगन थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु देउवा र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी छन्।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको ओली निकट स्रोतले जानकारी दिएको छ। आजै मन्त्रिपरिषद् बैठक बोलाइएको थियो। ओली बैठक रोकेर दुई दलका नेतासँगको छलफलमा जुटेका हुन्।