BIZMANDU
www.bizmandu.com

त्रिभुवन विमानस्थलबाट यात्रा गर्नेको संख्या बढ्यो, १० महिनामा ७८ लाखले गरे आउजाउ

२०८१ मंसिर ४

त्रिभुवन विमानस्थलबाट यात्रा गर्नेको संख्या बढ्यो, १० महिनामा ७८ लाखले गरे आउजाउ
त्रिभुवन विमानस्थलबाट यात्रा गर्नेको संख्या बढ्यो, १० महिनामा ७८ लाखले गरे आउजाउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १० महिनामा ७८ लाखभन्दा यात्रुले हवाई सेवा लिएका छन्। जनवरीदेखि अक्टोबरसम्म ७८ लाख ६५ हजार यात्रुले उडान सेवा लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

Tata
GBIME
Nepal Life

यो संख्या पोहोर १० महिनाको तुलनामा करिब साढे ७ लाख बढी हो। विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले अक्टोबरमा सबैभन्दा धेरै १० लाख २७ हजार यात्रुले हवाई सेवा लिएका छन्।

‘१० महिनाको अवधिमा ७८ लाख ६५ हजार यात्रुले सेवा लिएका छन्। यसमा अक्टोबरमा हवाई सेवा लिने यात्रु संख्या सबैभन्दा धेरै देखिएको छ,’ प्रवक्ता शेर्पाले भने।

उनका अनुसारयो १० महिनामा अन्तर्राष्ट्रियतर्फ २८,०८२ उडान अवतरण मार्फत ४१ लाख ३८ हजार यात्रुले हवाई सेवा लिएका छन्। अक्टोबरमा अन्तर्राष्ट्रियतर्फ ५ लाख ८ हजार यात्रुले हवाई सेवा लिएका छन्।

सन् २०२३ को १० महिनामा त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुको संख्या ३७ लाख ७९ हजार थियो।

यसैगरी आन्तरिकतर्फ १० महिनामा ८४ हजार ७९१ उडान अवतरणमार्फत ३७ लाख २७ हजार यात्रुले आउजाउ गरेका छन्। गत वर्ष १० महिनाको अवधिमा ३३ लाख ४४ हजार यात्रुले आन्तरिक उडानमार्फत आउजाउ गरेका थिए।

अक्टोबरमा आन्तरिक उडानतर्फ ५ लाख १९ हजार यात्रुले सेवा लिएका छन्।