BIZMANDU
www.bizmandu.com

सरकारले बल्ल खोज्यो विकल पौडेलको विकल्प, कार्यकारी निर्देशकमा दरखास्त खुला

२०८१ मंसिर ३

सरकारले बल्ल खोज्यो विकल पौडेलको विकल्प, कार्यकारी निर्देशकमा दरखास्त खुला
सरकारले बल्ल खोज्यो विकल पौडेलको विकल्प, कार्यकारी निर्देशकमा दरखास्त खुला


काठमाडौं। सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक खुला प्रतिष्पर्धाबाट छनोटका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ।

Tata
GBIME
NLIC

गत माघमा तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचारको कसुरमा पक्राउ परेसँगै उक्त पद रिक्त छ। २०७९ जेठ दोस्रो साता तत्कालिन सरकारले सुरक्षण मुद्रण विकास समिति गठन आदेश संशोधन गर्दै पौडेललाई दोस्रो पटक कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

भ्रष्टाचारको कसुरमा विशेष अदालतबाट दोषी ठहर भएका पौडेल सजाय भुक्तानका लागि कारागारमा छन्। भ्रष्टाचारका दुई मुद्दामा दोषी ठहरिएका उनीमाथि अझै दुई मुद्दा विचाराधीन छन्। पौडेल पक्राउ परेको १० महिनापछि सरकारले उक्त पदमा नयाँ नियुक्तिका लागि दरखास्त खुलाएको हो।

दरखास्त दिन चाहने ३० वर्ष पुरा भएको, मान्यताप्राप्त विश्वविद्यालयबाट कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, मेकानिकल इन्जिनियरिङ, सूचनाप्रविधि वा व्यवस्थापन विषयमा स्नातकोत्तर गरेको हुनु पर्छ।

सरकारी सेवाका लागि कानुनी रूपमा योग्य, विदेशी नागरिकता नलिएको, कुनै सजाय नपाएको पनि हुनु पर्ने सूचनामा छ।

योग्यता पुगेका इच्छुकले दरखास्तसँगै व्यवसायिक कार्ययोजना पेस गर्नुपर्छ। दरखास्त बुझाउन १० दिनको म्याद छ। उम्मेदवारले पेस गरेको व्यावसायिक कार्ययोजना, सोको प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्यांकनका आधारमा नियुक्तिका लागि सिफारिस गरिने मन्त्रालयको सूचनामा छ।