BIZMANDU
www.bizmandu.com

भृकुटीमण्डपमा फिन इलेक्ट्रो टेक २०२४, ८२ वटा स्टलहरूमा के-के छन् प्रदर्शनीमा?

२०८१ मंसिर २

भृकुटीमण्डपमा फिन इलेक्ट्रो टेक २०२४, ८२ वटा स्टलहरूमा के-के छन् प्रदर्शनीमा?
भृकुटीमण्डपमा फिन इलेक्ट्रो टेक २०२४, ८२ वटा स्टलहरूमा के-के छन् प्रदर्शनीमा?

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा फिन इलेक्ट्रो टेक-२०२४ प्रदर्शनी गरिएको छ। भृकुटीमण्डप प्रदर्शनी हलमा ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ भन्‍ने नाराका साथ प्रदर्शनी गरिएको जनाएको छ।

Tata
GBIME

नोभेम्बर १४ मा सुरु भएको उक्त प्रदर्शनी आइतबार समापन हुनेछ।

प्रदर्शनीमा ८२ वटा प्याभिलियन र स्टलहरू छन्। जसमा नेपाली उत्पादनदेखि बहुराष्ट्रिय कम्पनीहरूले उत्पादन गरेका सामग्रीहरू प्रदर्शन गरिएका छन्।

प्रदर्शनीमा ट्रान्समिसन र डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, तार, केबुल तथा कण्डक्टर, अत्याधुनिक स्विचहरू, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय सामग्री, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा र अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिएको छ।