BIZMANDU
www.bizmandu.com

आजको मौसम : तराईमा कुहिरो, दिउँसो कोशी र गण्डकीको केही भेगमा हल्का वर्षा

२०८१ मंसिर २

आजको मौसम : तराईमा कुहिरो, दिउँसो कोशी र गण्डकीको केही भेगमा हल्का वर्षा
आजको मौसम : तराईमा कुहिरो, दिउँसो कोशी र गण्डकीको केही भेगमा हल्का वर्षा

काठमाडौं । आइतबार देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME
Nepal Life

आज बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका थोरै स्थानहरुमा हुस्सु / कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक- दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण छ।