BIZMANDU
www.bizmandu.com

प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मह जात्रा’ प्रहसनको पहिलो दिन दर्शकको उल्लेख्य उपस्थिति

२०८१ कात्तिक ३०

प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मह जात्रा’ प्रहसनको पहिलो दिन दर्शकको उल्लेख्य उपस्थिति
प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मह जात्रा’ प्रहसनको पहिलो दिन दर्शकको उल्लेख्य उपस्थिति


काठमाडौं। कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)को ‘मह जात्रा’ प्रहसनको पहिलो दिन दर्शकहरूको भव्य उपस्थिति र उत्साहबीच सम्पन्न भएको छ।

Tata
GBIME
NLIC

काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रमको पहिलो दिनमा दर्शकहरूको उल्लेख्य सहभागिता थियो। यो कार्यक्रमलाई मह जोडीको सम्भावित अन्तिम प्रहसन मानिएको छ।

यसमा मदनकृष्ण श्रेष्ठको स्वास्थ्य चुनौतीका बावजुद हास्य-व्यंग्यमा निरन्तरता दिने अठोटले यो प्रस्तुति विशेष बनेको छ। हरिवंश आचार्यसँगको अटूट सहकार्यका कारण यो प्रहसनले मह जोडीको उत्कृष्टता र समर्पणलाई अझ स्पष्ट रूपमा देखाएको छ।

हास्य-व्यंग्यको अनौठो मिश्रणसहित प्रस्तुत गरिएको ‘मह जात्रा’ले दर्शकलाई समाजमा विद्यमान समसामयिक मुद्दाहरूलाई हँसाउने तरिकाबाट गम्भीर रूपमा सोच्न प्रेरित गरेको छ। नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, र सांस्कृतिक कुरितीहरूलाई हँसाउने शैलीमा प्रस्तुत गरेर दर्शकको मन जितेका छन्।

मह जोडीसँगै सहभागी कलाकारहरूले किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, र विभुषा बस्नेत लगायत कलाकारहरूले पनि प्रस्तुति दिएका थिए।

मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजित यो प्रहसनको बाँकी दिनहरूको टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ। कार्यक्रम कात्तिक ३०, मंसिर १, ४, ५, ६, १२, १३, १७, र १८ गतेसम्म जारी रहनेछ।