BIZMANDU
www.bizmandu.com

काठमाडौं महानगरले गौशालाका अतिक्रमित संरचनामा चलायो डोजर, स्थानीयको विरोध

२०८१ कात्तिक ३०

काठमाडौं महानगरले गौशालाका अतिक्रमित संरचनामा चलायो डोजर, स्थानीयको विरोध
काठमाडौं महानगरले गौशालाका अतिक्रमित संरचनामा चलायो डोजर, स्थानीयको विरोध

काठमाडौं। गौशालामा सडकको सीमा मिचेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।

Tata
GBIME
Nepal Life

महानगरले शुक्रबार अपराह्न नगर प्रहरीसहित गौशाला चोकका अतिक्रमित संरचनामा दुई वटा डोजर चलाएको हो।

स्थानीयले भने विरोध जनाएका छन्। स्थानीयको विरोधका बाबजुद नगर प्रहरीले अतिक्रमित संरचनामा घेरा हालेर डोजर चलाएको छ।

चक्रपथको सीमा अतिक्रमण गरेर बनाइएका कच्ची र पक्की संरचनामा डोजर चलाएको महानगरले जनाएको छ।

विरोध गरी डोजर चल्न अवरोध गरेपछि प्रहरीले केही व्यक्तिलाई पक्राउ समेत गरेको छ।