BIZMANDU
www.bizmandu.com

पाँच दिनसम्म ओरालो लागेको सुनको मूल्य पुनः बढ्यो, तोलामा १ सय रुपैयाँको बढोत्तरी

२०८१ कात्तिक ३०

पाँच दिनसम्म ओरालो लागेको सुनको मूल्य पुनः बढ्यो, तोलामा १ सय रुपैयाँको बढोत्तरी
पाँच दिनसम्म ओरालो लागेको सुनको मूल्य पुनः बढ्यो, तोलामा १ सय रुपैयाँको बढोत्तरी


काठमाडौं। यो साता लगातार घटिरहेको सुनको भाउ ५ दिनपछि घट्ने क्रममा ब्रेक लागेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा १ सय रुपैयाँ बढेको हो।

Tata
GBIME

शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रति तोला १ लाख ६० हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। एक सातामा सुनको मूल्य तोलामा ६ हजार ४ सय रुपैयाँले घटेको थियो।

बिहीबार तोलामा २२ सय रुपैयाँले घटेर सुनको कारोबार मूल्य प्रति तोला १ लाख ६० हजार रुपैयाँ कायम भएको थियो।

चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ। शुक्रबार चाँदी प्रति तोला १ हजार ९१० रुपैयाँ छ।

बिहीबार चाँदी तोलामा ३५ रुपैयाँ घटेर प्रति तोला १ हजार ९०५ रुपैयाँमा आइपुगेको थियो। चाँदी यो साता तोलामा ७० रुपैयाँले घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य थोरै बढेको छ। शुक्रबार सुन प्रति औंस २५६५.९९ डलर र चाँदी ३०.४९ डलर छ। बिहीबार सुन प्रति औंस २५६४.४६ डलर र चाँदी प्रति औंस ३०.२२ डलरमा कारोबार भएको थियो।