BIZMANDU
www.bizmandu.com

अख्तियारले मुद्दा हाल्दा अध्ययन नै नगरेका कागजात विशेष अदालतमा, पेसी मंसिर ११ गते

२०८१ कात्तिक २९

अख्तियारले मुद्दा हाल्दा अध्ययन नै नगरेका कागजात विशेष अदालतमा, पेसी मंसिर ११ गते
अख्तियारले मुद्दा हाल्दा अध्ययन नै नगरेका कागजात विशेष अदालतमा, पेसी मंसिर ११ गते


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा भ्रष्टाचार मुद्दा दायर गर्दा अध्ययन नै नगरेका महत्त्वपूर्ण कागजात नेपाल दूरसञ्चार प्राधिकरणले विशेष अदालतमा बुझाएको छ।

Tata
GBIME
NLIC

अख्तियारले ठेक्का पाएको कम्पनीको प्रस्ताव, मूल्यांकन समितिको प्राविधिक प्रतिवेदन लगायत महत्त्वपूर्ण कागजात अध्ययनविनै हतारमा मुद्दा दायर गरेको थियो।

ती कागजातको अभावमा एमडीएमएसको मुद्दाको सुनुवाई नै प्रभावित बनेको थियो। प्राधिकरणले बिहीबार विशेष अदालतमा ती कागजात बुझाएपछि एमडीएमएससम्बन्धी मुद्दाको पेसी मंसिर ११ गतेलाई तोकिएको छ।

विशेष अदालतले कागजात बिहीबारसम्म बुझाउन प्राधिकरणलाई कडा भाषामा पत्र पठाएको थियो। प्राधिकरणले पत्रमा दिइएको डेडलाइनभित्र अदालतमा कागजात बुझाएको हो। अदालतले कागजात पाएपछि सुनुवाइको प्रक्रिया अब छिटो अघि बढ्ने विश्वास गरिएको छ।

अख्तियारले गत चैत १५ गते प्राधिकरणका दुई जना पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।