BIZMANDU
www.bizmandu.com

सुनको भाउमा लगातार गिरावट, आज पनि तोलामा ४०० रुपैयाँ घट्यो, चाँदीको मूल्य कति?

२०८१ कात्तिक २८

सुनको भाउमा लगातार गिरावट, आज पनि तोलामा ४०० रुपैयाँ घट्यो, चाँदीको मूल्य कति?
सुनको भाउमा लगातार गिरावट, आज पनि तोलामा ४०० रुपैयाँ घट्यो, चाँदीको मूल्य कति?


काठमाडौं। आज बुधबार पनि सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला १ लाख ६२ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

अघिल्लो दिन तोलामा २४ सय रुपैयाँ घटेर कारोबार मूल्य प्रति तोला १ लाख ६२ हजार ६ सय रुपैयाँ थियो।

चाँदीको मूल्य भने बढेको छ। बुधबार चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रति तोला १९४० रुपैयाँ पुगेको छ।

मंगलबार चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रति तोला १ हजार ९२५ रुपैयाँमा आइपुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार पनि सुनको भाउ घटेको छ। मंगलबार सुन प्रति औंस २६१७.५ डलर रहेको सुन घटेर प्रति औंस २६०६.६७ डलर छ।

चाँदीको मूल्य बढेर प्रति औंस ३०.९१ डलर पुगेको छ। मंगलबार चाँदी प्रति औंस ३०.८ डलर थियो।