BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १००० रुपैयाँ घट्यो, चाँदीको भाउ कति?

२०८१ कात्तिक २६

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १००० रुपैयाँ घट्यो, चाँदीको भाउ कति?
सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १००० रुपैयाँ घट्यो, चाँदीको भाउ कति?


काठमाडौं। सुनको मूल्य साताको दोस्रो दिन पनि घटेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा एक हजार रुपैयाँ घटेको हो। 

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रति तोला एक लाख ६५ हजार रुपैयाँ निर्धारण भएको छ।

आइतबार पनि सुन प्रति तोला ५०० रुपैयाँ घटेर १ लाख ६६ हजार रुपैयाँका दरले कारोबार भएको थियो।

सोमबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ। महासंघका अनुसार चाँदीको भाउ प्रति तोला १ हजार ९५५ रुपैयाँ कायम भएको छ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस २६७०.१६ डलरमा आइपुगेको छ। आइतबार सुन प्रतिऔंस २६८४.६४ डलरमा कारोबार भएको थियो। चाँदी प्रति औंस ३१.२१ डलरमा कारोबार भइरहेको छ।