BIZMANDU
www.bizmandu.com

काठमाडौंमा डिजिटल बैंकिङ कन्फ्रेस आयोजना हुँदै, विदेशी वक्तासहितले सम्मेलनमा भाग लिँदै

२०८१ कात्तिक २६

काठमाडौंमा डिजिटल बैंकिङ कन्फ्रेस आयोजना हुँदै, विदेशी वक्तासहितले सम्मेलनमा भाग लिँदै
काठमाडौंमा डिजिटल बैंकिङ कन्फ्रेस आयोजना हुँदै, विदेशी वक्तासहितले सम्मेलनमा भाग लिँदै


काठमाडौं। काठमाडौं फिन्टेक र फिन्टेक अलायन्स नेपालको सहआयोजना मा ‘डिजिटल बैंकिङ कन्फ्रेस २०२४’ हुने भएको छ। मंसिर ६ गते सम्मेलन काठमाडौंमा हुँदैछ। सम्मेलनमा डिजिटल बैंकिङ क्षेत्रका विज्ञसहित सरोकारवालाहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

Tata
GBIME
NLIC

सम्मेलनमा डिजिटल बैंकिङ रूपान्तरणको रणनीतिको पहिचान, कार्यदिशा र त्यसको कार्यान्वयनमा देखिएका चुनौतीलाई कसरी समाधान गर्ने विषयमा छलफल हुने आयोजकले जनाएको छ। यस्तै, डिजिटल बैंकिङ क्षेत्रका सम्भावित अवसरबारे पनि वृहत् छलफल हुने बताइएको छ।

भारतको कोटक महिन्द्रा बैंकको उच्च तहमा काम गरिसकेका पूर्व व्यवस्थापक र सुर्योदय स्मल फाइनान्स बैंकका सञ्चालक दिपक शर्मा, डिजिटल फिफ्थका संस्थापक समीर सिंह जैनी, डेसिमल टेकका संस्थापक ललित मेहताका साथै नेपालका बैंक तथा वित्तीय संस्थाका उच्च तहका व्यवस्थापकहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

फिन्टेक अलायन्स नेपालका अध्यक्ष साजन शर्माले डिजिटल बैंकिङ कन्फ्रेन्सले नेपाली बैंकिङ क्षेत्रलाई नयाँ युगमा प्रवेश गराउन सहयोगी बन्ने बताए।

यस्तै, काठमाडौं फिन्टेकका संस्थापक तथा सम्मेलनका आयोजक सन्जिब सुब्बाले यस क्रार्यक्रमले नेपाली बैंकहरुलाई डिजिटल रुपान्तरणका विभिन्न आयामहरु केलाउन, सञ्चालन जोखिम घटाउन, ग्राहकलाई गुणस्तरीय सेवा छिटोछरितो र सहज ढंगबाट प्रदान गर्न सघाउने विश्वास व्यक्त गरे।