BIZMANDU
www.bizmandu.com

मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारी विराटनगरबाट पक्राउ, काठमाडौं ल्याउने तयारी

२०८१ कात्तिक २५

मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारी विराटनगरबाट पक्राउ, काठमाडौं ल्याउने तयारी
मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारी विराटनगरबाट पक्राउ, काठमाडौं ल्याउने तयारी


काठमाडौं। मानव तस्करी प्रकरणमा मुछिएका पूर्व प्रदेशमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन्। केही व्यक्तिसँग रकम लिएर नक्कली कर्मचारी बनाइ जापान लगेको खुलेपछि प्रहरीले अनुसन्धानका लागि पूर्वमन्त्री अधिकारीलाई पक्राउ गरेको हो।

Tata
GBIME
NLIC

मोरङ प्रहरीले अधिकारीलाई विराटनगरबाट पक्राउ गरेको हो। उनलाई आइतबार नै काठमाडौं पठाउने तयारी भइरहेको छ। दिउँसो साढे एक बजेको विमानबाट काठमाडौं ल्याउन लागिएको प्रहरीले जानकारी दिएको छ।

कोशी प्रदेशका कानुनमन्त्री रहेका अधिकारीले घटना सार्वजनिक भएपछि राजीनामा दिएका थिए।

काठमाडौं जिल्ला प्रहरी परिसरले केही मानिसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। जापान जानका लागि १३ लाख रुपैयाँ प्रतिव्यक्ति लिइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।