BIZMANDU
www.bizmandu.com

पोखरा विश्वविद्यालयको उपकुलपति नियुक्त गरिंदै, इच्छुकले १० दिनभित्र आवेदन दिनुपर्ने

२०८१ कात्तिक २५

पोखरा विश्वविद्यालयको उपकुलपति नियुक्त गरिंदै, इच्छुकले १० दिनभित्र आवेदन दिनुपर्ने
पोखरा विश्वविद्यालयको उपकुलपति नियुक्त गरिंदै, इच्छुकले १० दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं। सरकारले पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्‍वान गरेको छ।

Tata
GBIME

रिक्त उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले १० दिनभित्र आवेदन बुझाउन आइतबार सूचना जारी गरेको हो।

समितिले कात्तिक २४ गते स्वीकृत गरेको पोखरा विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधिअनुसार शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखामा आवेदन बुझाउन भनेको छ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेम नारायण अर्यालले गत महिना ४ वर्षे कार्यकाल सकेर अवकाश पाएपछि उक्त पद रिक्त छ।