BIZMANDU
www.bizmandu.com

फ्लाई दुबईले सुरु गर्‍यो दुबई-भैरहवा उडान, १५९ यात्रुसहित आएको जहाजलाई विमानस्थलमा स्वागत

२०८१ कात्तिक २४

फ्लाई दुबईले सुरु गर्‍यो दुबई-भैरहवा उडान, १५९ यात्रुसहित आएको जहाजलाई विमानस्थलमा स्वागत
फ्लाई दुबईले सुरु गर्‍यो दुबई-भैरहवा उडान, १५९ यात्रुसहित आएको जहाजलाई विमानस्थलमा स्वागत

काठमाडौं। फ्लाई दुबईले शनिबारबाट दुबई-भैरहवा-काठमाडौं उडान सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

शनिबार दिउँसो १:४५ बजे १५९ जना यात्रुसहित फ्लाई दुबईको विमान भैरहवामा अवतरण भएको थियो। जहाजलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर क्यानोइङमार्फत स्वागत गरिएको विमानस्थलका सूचना अधिकारी विनोद राउतले बताए।

‘जहाज पौने २:०० बजे आएर पौने ३:०० बजे काठमाडौं गएको थियो। यहाँ आएका कुल १५९ यात्रुमध्ये १० जना यतै ओर्लिएका छ,’ उनले भने, ‘१४९ जना काठमाडौं गइसकेका छन्। टिकट काठमाडौंबाटै काटिसकेको हुँदा अधिकांश यात्रु उतैबाट दुबई जाने जानकारी आएको छ।’

दुईतर्फी उडानमै फुल अकुपेन्सी रहेको उनले जानकारी दिए। फ्लाई दुबईले काठमाडौंमा एक घण्टा ‘टेक्निकल ल्याण्ड’ गरेर जहाज दुबई उड्ने तालिका छ।

कम्पनीले हप्तामा सातै दिन दुबई-भैरहवा र भैरहवा-काठमाडौं-दुबई उडान गर्न लागेको हो। यो उडान भैरहवा-दुबईसँगै कोड सेयरिङ अन्तर्गत गर्ने तयारी कम्पनीको छ। कम्पनी नोभेम्बरभित्रै भैरहवा-दुबई सिधा उडान थप गर्ने तयारीमा छ।