BIZMANDU
www.bizmandu.com

ओली सरकारका राज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा

२०८१ कात्तिक २३

ओली सरकारका राज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा
ओली सरकारका राज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा ऊर्जा, जलस्रोत र सिचाइँ राज्य मन्त्री रहेका पूर्णबहादुर तामाङ पेसाले ठेकेदार हुन्। उनको कम्पनी कान्छाराम कन्सट्रक्सनले धेरै आयोजनाको ठेक्का लिएर अलपत्र पारेको छ जसकारण तामाङ पटकपटक विवादमा आइरहेका हुन्छन्।

Tata
GBIME

यसपटक भने सरकारमै रहेका तामाङको सो कम्पनीलाई प्रधानमन्त्री मातहतकै सार्वजनिक खरिद अनुगमन कार्यालयलेले कालोसूचीमा राखेको छ।

२०७९ माघ १९ गते नै क’ वर्गकै कम्पनी कान्छाराम कन्स्ट्रक्सनका सञ्चालक पूर्णबहादुर तामाङ ‘कान्छाराम’लाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको थियो। उनी रामेछापबाट निर्वाचित कांग्रेस सांसद हुन्। कालोसूचीमा रहेकालाई राज्यमन्त्री बनाउँदा ताका नै तामाङमाथि प्रश्न उठेको थियो।

अहिले भने सरकारमै रहँदा उनको कम्पनी नै कालोसूचीमा परेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले उनको कम्पनीलाई साढे दुई वर्ष कुनै पनि सार्वजनिक निकायको निर्माणमा सहभागी हुन नपाउने गरि कालोसूचीमा राखेको हो।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय तुम्लिङछटारले राज्यमन्त्रीको कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको हो।

जता ठेक्का त्यतै काम अलपत्र

यसअघि पूर्वाधार विकास कार्यालय मोरङले पनि राज्यमन्त्री तामाङको कान्छाराम कन्स्ट्रक्सनसँग ठेक्का तोड्ने भन्दै सूचना निकालेको थियो। २०८१ भदौ २३ गते कार्यालयले सूचना जारी गरेर ठेक्का तोड्ने भनेको थियो।

कान्छाराम कन्स्ट्रक्सनले मोरङको बबियाबिर्ता-रंजनी-काजीमानचोक-फर्साडाँगी हुँदै दोभानघाट-गान्धीआश्र-दोबरीयाथान हुँदै सुनवर्षी सडक २०७५ मा र कटहरी रिङरोड पश्चिमबाट खोरिया-महेशपुर हुँदै कृषि बजारसम्म पुग्ने सडक निर्माणका लागि २०७६ मा सम्झौता गरेको थियो। तर, हालसम्म पनि काम सम्पन्न भएको छैन।

यस्तै, कर्णाली प्रदेशमा पनि उनको कम्पनीले विभिन्न ठेक्का पाएको छ।