BIZMANDU
www.bizmandu.com

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तपुरको कमल पोखरीमा भव्य रुपमा मनाइयो छठ पर्व

२०८१ कात्तिक २२

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तपुरको कमल पोखरीमा भव्य रुपमा मनाइयो छठ पर्व
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तपुरको कमल पोखरीमा भव्य रुपमा मनाइयो छठ पर्व

भक्तपुर। भक्तपुरको कमल पोखरीमा आज छठ पर्व भव्य रुपमा मनाइएको छ। छठ पर्वका लागि यो पोखरी झकिझकाउ बनाइएको छ।

Tata
GBIME

तराई/मधेशबाट आएर भक्तपुरमा विभिन्न पेसा, व्यवसाय गर्ने स्थायी तथा अस्थायी रूपमा बसोबास गरेकाले कमल पोखरीमा छठ मनाएका छन्। सिङ्गारिएको पोखरीमा मूर्ति राखेर पूजा गरिएको छ।

छठपर्वको अवसरमा बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। शुक्रबार सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा छठ समापन हुन्छ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजा गरिने यो पर्व मंगलबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो।