BIZMANDU
www.bizmandu.com

‘शक्तिशाली जनादेश’सहित ट्रम्प ह्वाइट हाउसमा फर्किने, भने: अमेरिकाको स्वर्ण युग सुरु

२०८१ कात्तिक २१

‘शक्तिशाली जनादेश’सहित ट्रम्प ह्वाइट हाउसमा फर्किने, भने: अमेरिकाको स्वर्ण युग सुरु
‘शक्तिशाली जनादेश’सहित ट्रम्प ह्वाइट हाउसमा फर्किने, भने: अमेरिकाको स्वर्ण युग सुरु

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। आधिकारिक मतपरिणाम आउन अझै केही समय लाग्ने देखिएको छ।

Tata
GBIME

अहिले अमेरिकामा ‘इलेक्सन नाइट’ चलिरहँदा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि ह्वाइट हाउस फर्कने पक्का भएको छ। अमेरिकी संचारमाध्यमहरुका अनुसार वर्तमान उपराष्ट्रपति एवम् डेमोक्रेट उम्मेदवार कमला ह्यारिस रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग पराजित भएका हुन्।

मतगणना अन्तिम चरणमा पुग्दा डोनाल्ड ट्रम्पले समर्थकहरुलाई सम्बोधन गर्दै जितको घोषणा नै गरिसकेका छन्। ह्यारिसले भने ‘इलेक्सन नाइट पार्टी’ नै रद्द गरेकी छिन्।

ट्रम्पले सम्बोधनका क्रममा भने,’ अब हामी हाम्रो देशलाई निको बनाउन लाग्नेछौं।’

उनले यसअघि राष्ट्रपति बन्दा कै नारा ‘मेक अमेरिका ग्रेट अगेन’लाई उठाउँदै अबको समय अमेरिकाको स्वर्ण युग हुने बताए।

‘अमेरिकी जनताले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ,’ समर्थकहरुले चर्को नारा लगाउँदै गर्दा ट्रम्पले भने।

अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्ट्रल मत चाहिन्छ। ट्रम्पले हालसम्म २७९ मत पाएका छन्।

यसपटक ट्रम्पको अर्को रेकर्ड पनि बनाएका छन्। सन् २०१६ मा ट्रम्पले हिलारी क्लिनटनलाई पराजित गर्दा इलेक्ट्रल मतको आधारमा राष्ट्रपति बनेका थिए। पपुलर मत हिलारी क्लिनटनले पाएकी थिइन्।

सन् २०२० मा ट्रम्प जो बाइडेनसँग पराजित भए। यसपटक भने ट्रम्पले इलेक्ट्रलसहित पपुलर मत समेत पााएका छन्।

ट्रम्पको विजयीसँगै रिपब्लिकनले माथिल्लो सदन सिनेटमा पनि पकड जमाएको छ। ५१ सिट सहित रिपब्लिकनले सदनमा बहुमत ल्याएको हो।

यता, तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा पनि रिपब्लिनहरुकै वर्चश्व हुने देखिएको छ।