BIZMANDU
www.bizmandu.com

नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार रकममा भने सुधार, ५ अर्ब २२ करोडको सेयर किनबेच

२०८१ कात्तिक २१

नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार रकममा भने सुधार,  ५ अर्ब २२ करोडको सेयर किनबेच
नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार रकममा भने सुधार, ५ अर्ब २२ करोडको सेयर किनबेच

काठमाडौं। सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ। तिहार बिदाअघि कात्तिक १४ गते १४.४३ अंकले घटेको नेप्से बिदापछि लगातार ओरालो लागेको छ। मंगलबार ०.२१ अंकले घटेको नेप्से बुधबार १.८८ अंकले झरेको हो।

Tata
GBIME

बजार खुल्ने बित्तिकै बढेर २६८४ विन्दुमा पुगेको नेप्से दिनभर उतारचढावपछि अन्तिममा २६७५.५१ विन्दु कायम भयो। विकास बैंक, फाइनान्स, व्यापार, म्युचुअल फण्ड र जलस्रोतबाहेकका बाँकी उपसमूहले नेप्से घटाएका हुन्।

बजारमा ११७ कम्पनीका लगानीकर्ताले गुमाउँदा १२१ कम्पनीका लगानीकर्ताले कमाएका छन्। नारायणी विकास बैंक र बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

सबैभन्दा धेरै गुमाउनेमा कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्य ९.५५ प्रतिशतले घटेको छ।

नेप्से घट्दा कारोबार रकममा भने सुधार भएको छ। कारोबार रकम मंगलबार ४ अर्ब २० करोडमा सीमित भएकामा बुधबार ५ अर्ब २२ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। त्यसमध्ये ३५ करोड ३८ लाख रुपैयाँको सेयर नेपाल फाइएनान्सको हो।