BIZMANDU
www.bizmandu.com

मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलमा अर्को प्रशोधन केन्द्र बनाउन ठेक्का आह्वान, लागत ७ अर्ब

२०८१ कात्तिक २१

मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलमा अर्को प्रशोधन केन्द्र बनाउन ठेक्का आह्वान, लागत ७ अर्ब
मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलमा अर्को प्रशोधन केन्द्र बनाउन ठेक्का आह्वान, लागत ७ अर्ब

काठमाडौं। काठमाडौं उपत्यकामा थप २५ करोड ५० लाख लिटर पानी वितरण गर्नका लागि सुन्दरीजलमा अर्को प्रशोधन केन्द्र बनाउन ठेक्का आह्वान गरिएको छ।

Tata
GBIME

मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलमा अर्को पानी प्रशोधन केन्द्र बनाउनका लागि बुधबार ठेक्का आह्वान गरेको हो। प्रशोधन केन्द्र बनाउन चाहने कम्पनीलाई आवेदन बुझाउन ४५ दिनको समय दिइएको छ। २ महिनापछि ठेक्काको प्राविधिक मूल्यांकन हुनेछ।

प्रशोधन केन्द्र एसियाली विकास बैंक(एडीबी)को ऋ० सहयोगमा बनाउन लागिएको हो। प्राविधिक मूल्यांकन सकिएपछि (एडीबीको सहमति लिनुपर्छ। एडीबीको सहमतिपछि आर्थिक प्रस्ताव खोल्ने समितिका अधिकारीहरुले बताएका छन्।

प्राविधिक मूल्यांकन सकिएपछि १५ दिनको म्याद राखेर आर्थिक प्रस्ताव अगाडि बढ्छ। आर्थिक प्रस्तावमा पनि एडीबीको सहमतिपछि ठेक्का सम्झौता प्रक्रिया अगाडि बढ्छ।

समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले ट्रिटमेन्ट प्लान्ट बनाउन ६ महिना भित्र ठेक्का सम्झौता हुने बताए।

ट्रिटमेन्ट प्लान्ट बनाउनका लागि ३ वर्षको समय छुट्याइएको छ। ठेक्का पाउने निर्माण कम्पनीले नै आयोजनाको डिजाइन गर्नुपर्नेछ। डिजाइनका लागि कम्तीमा ३ महिना लाग्नेछ।

ट्रिटमेन्ट प्लान्ट निर्माणमा करिब ७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ।

अहिले काठमाडौं उपत्यकामा मेलम्चीको १७ करोड लिटर पानी वितरण भइरहेको छ। जबकि मेलम्चीको पानी ५१ करोड लिटर वितरण गर्न सकिने भए पनि ट्रिटमेन्ट प्लान्टको क्षमता नभएकाले त्यसको एक तिहाइ मात्र वितरण भइरहेको हो।