BIZMANDU
www.bizmandu.com

रानीजमरा सिंचाइ आयोजनामा अढाइ वर्षमा सक्नुपर्ने काम ४ वर्षमा ३५% मात्रै, ठेक्का तोड्ने चेतावनी

२०८१ कात्तिक २१

रानीजमरा सिंचाइ आयोजनामा अढाइ वर्षमा सक्नुपर्ने काम ४ वर्षमा ३५% मात्रै, ठेक्का तोड्ने चेतावनी
रानीजमरा सिंचाइ आयोजनामा अढाइ वर्षमा सक्नुपर्ने काम ४ वर्षमा ३५% मात्रै, ठेक्का तोड्ने चेतावनी

काठमाडौं। रानीजमरा कुलरिया सिंचाइ आयोजनामा अढाइ वर्षमा सक्नुपर्ने काम चार वर्षमा ३५ प्रतिशत मात्र भएको छ।

Tata
GBIME

आयोजनामा जीभीभी/गौरी पार्वती एनएसपीएल जेभीले ठेक्का सम्झौता अनुसार काम गर्नुको साटो निक्कै ढिलासुस्ती गरेको हो। निर्माण कम्पनी र आयोजनाबीच २०७७ पुस १ मा अढाइ वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो।

सम्झौता अनुसार काम नभएपछि म्याद डेढ वर्ष थपियो। तर, थपिएको समयमा पनि काममा प्रगति नभएको भन्दै आयोजनाले ठेक्का तोड्ने चेतावनी दिएको छ।

आयोजनाले बुधबार एक सूचना जारी गर्दै ४ वर्षमा ३५ प्रतिशत मात्र काम भएको भन्दै ठेक्का तोड्ने चेतावनी दिएको हो।

निर्माण कम्पनीले फिल्डमा निरन्तररुपमा क्यास फ्लो गर्न नसक्नु, साइट व्यवस्थापनमा कमजोर हुनु र परामर्शदातासँग छलफल नगर्नु काममा प्रगति नहुनुको मुख्य कारण भएको आयोजनाले जनाएको छ।