BIZMANDU
www.bizmandu.com

चिनियाँ नागरिकको लगेज रिचेक गर्दा करिब ६ किलो सुन बरामद, स्पिकरभित्र लुकाएका थिए

२०८१ कात्तिक २१

चिनियाँ नागरिकको लगेज रिचेक गर्दा करिब ६ किलो सुन बरामद, स्पिकरभित्र लुकाएका थिए
चिनियाँ नागरिकको लगेज रिचेक गर्दा करिब ६ किलो सुन बरामद, स्पिकरभित्र लुकाएका थिए

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो  ७ सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन्। एयर अरेबियाको उडान नम्बर जी ९५३० मा मंगलबार साँझ शारजाहबाट काठमाडौं आएका चिनियाँ र म्यानमारका नागरिकलाई सुनसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

Tata
GBIME

उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पिकरमा सुन बरामद भएको थियो। त्यसपछि विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।

भन्सारमा आएको सामान शंका लागेमा कर्मचारीले लगेजमा (आरसी) लेखेर पुनः चेक गर्ने गरिन्छ। नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ।