BIZMANDU
www.bizmandu.com

तिहारमा ५० करोड रुपैयाँको फूल बिक्री, सबैभन्दा बढी खपत काठमाडौं उपत्यकामा

२०८१ कात्तिक २१

तिहारमा ५० करोड रुपैयाँको फूल बिक्री, सबैभन्दा बढी खपत काठमाडौं उपत्यकामा
तिहारमा ५० करोड रुपैयाँको फूल बिक्री, सबैभन्दा बढी खपत काठमाडौं उपत्यकामा

काठमाडौं । तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ। फूलको सबैभन्दा धेरै खपत काठमाडौं उपत्यकामा भएको छ।

Tata
GBIME

फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ। यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको १०० रुपैयाँ तिर्नुपरेको थियो।

काठमाडौं महानगरपालिकले फूल बिक्रीस्थल तोकेका कारण यस वर्षसहज भएको उनले बताए। यस वर्ष महानगरले नेपाली फूल किसानलाई फूल बेच्न ४६ स्थान तोकेको थियो।

बजारमा फूलको माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ। विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताए।

काठमाडौं उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन्।

व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएका बादेले जानकारी दिए। पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका छन्भने दुई सय २१ हेक्टरमा एक हजार १८४ व्यवसायीले पुष्पखेती गरेका छन्।