BIZMANDU
www.bizmandu.com

रविविरुद्ध तेस्रो पटक म्याद थपको तयारी, अदालतले म्याद नदिए रुपन्देही प्रहरीको जिम्मा लगाइने

२०८१ कात्तिक २०

रविविरुद्ध तेस्रो पटक म्याद थपको तयारी, अदालतले म्याद नदिए रुपन्देही प्रहरीको जिम्मा लगाइने
रविविरुद्ध तेस्रो पटक म्याद थपको तयारी, अदालतले म्याद नदिए रुपन्देही प्रहरीको जिम्मा लगाइने


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तेस्रो पटक म्याद थप गर्न अदालतमा उपस्थित गराइएको छ।

Tata
GBIME
NLIC

जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार बिहान उनलाई अदालत उपस्थित गराएको हो। हिरासतमा राख्न दोस्रो पटक थप गरिएको समय कात्तिक १४ गते सकिएको थियो। १५ गतेदेखि तिहार बिदा परेकाले बिदा सकिएपछि मंगलबार उपस्थित गराइएको हो।

सहकारी ठगीमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका रविविरुद्ध प्रहरीले संगठित र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान  गरिरहेको छ। प्रहरीले सरकारी वकिल कार्यालयमा रविको बयान लिने काम सकिसकेको छ।

अदालतले हिरासतमा राख्ने म्याद नथपेको खण्डमा पनि रवि हिरासतमुक्त हुने छैनन्। उनलाई सहकारी ठगीमा नै रुपन्देही जिल्ला अदालतले यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ। त्यही कारण कास्की जिल्ला अदालतले म्याद नथपेको अवस्थामा कास्की प्रहरीले रविलाई रुपन्देही प्रहरीको जिम्मा लगाउनेछ।

रुपन्देही प्रहरीले बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको विषयमा अनुसन्धान गरिरहेको छ।

रवि कात्तिक २ गते काठमाडौंको वनस्थलीबाट पक्राउ परेका थिए।