काठमाडौं। सुनको भाउ एकैदिन प्रति तोला २ हजार ८०० रुपैयाँ घटेको छ।
तिहार बिदाअघि कात्तिक १५ गते प्रति तोला १ लाख ७१ हजार रुपैयाँ पुगेको सुनको भाउ तिहार बिदा सकिएपछिको पहिलो दिन मंगलबार १ लाख ६८ हजार २०० रुपैयाँमा झरेको हो।
कात्तिक १३ देखि लगातार उकालो लागेर सुनको भाउमा दिनदिनै उच्च मूल्यको रेकर्ड बनेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि प्रति तोला ६० रुपैयाँ सस्तिएको छ। चाँदीको मूल्य प्रति तोला २ हजार ३० रुपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारमा भाउ घटेको असर नेपाली बजारमा परेको हो।