BIZMANDU
www.bizmandu.com

समता घरेलु लघुवित्तको एफपीओमा मागको ५३ गुणा आवेदन, म्याद आज सकिंदै

२०८१ कात्तिक २०

समता घरेलु लघुवित्तको एफपीओमा मागको ५३ गुणा  आवेदन, म्याद आज सकिंदै
समता घरेलु लघुवित्तको एफपीओमा मागको ५३ गुणा आवेदन, म्याद आज सकिंदै

काठमाडौं। समता घरेलु लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ)मा ५३ गुणा आवेदन परेको छ।

Tata
GBIME

लघुवित्तले ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओको बिक्री खुलाएकामा मंगलबार बिहान १० बजेसम्म १ करोड ८८ लाख ६७० कित्ताका लागि आवेदन परेको छ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार १२ लाख ४८ हजार ९८५ लगानीकर्ताले १ अर्ब ८८ करोड ६७ हजार रुपैयाँ बराबरको एफपीओका लागि आवेदन दिएका हुन्।

एफपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन हो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले कात्तिक १२ गते आवेदन खुलाएको थियो।

लघुवित्तले सर्वसाधारणमा चुक्ता पुँजीको ३० प्रतिशत सेयर हिस्सा पुर्‍याउन एफपीओको बिक्री खुलाएको हो। कम्पनीको चुक्ता पुँजी हाल ५६ करोड ४० लाख रुपैयाँ छ।