BIZMANDU
www.bizmandu.com

बहुमूल्य हिरा जडित राजकुमारी डायनाको प्रिय पेन्डेन्ट लगाएर गालामा किम कार्डसियन

२०८१ कात्तिक २०

बहुमूल्य हिरा जडित राजकुमारी डायनाको प्रिय पेन्डेन्ट लगाएर गालामा किम कार्डसियन
बहुमूल्य हिरा जडित राजकुमारी डायनाको प्रिय पेन्डेन्ट लगाएर गालामा किम कार्डसियन


फेसन इन्डस्ट्रीमा किम कार्डसियन बोल्ड लुकका लागि परिचित सेलिब्रेटी हुन्। बहुमूल्य गहनासँगै ब्रान्डेड र डिजाइनर पहिरनमा उनी सौखिन छन्। अहिले भने उनै किमले लगाएको एउटा पेन्डेन्ट चर्चामा छ।

Tata
GBIME
NLIC

शनिबार लसएन्जलसमा लाक्मा आर्ट फिल्म गालामा सहभागी हुँदा उनले बेलायती राजकुमारी डायनाको प्रिय रहेको डायमन्ड लाइन्ड क्रस पेन्डेन्ट लगाइन्।

उनले सो बहुमूल्य र ऐतिहासिक मानने पेन्डेन्ट सन् २०२३ को जनवरीमा सोथेबी अक्सनबाट खरिद गरेकी थिइन्। सो पेन्डेन्टका उनले २ लाख १२ हजार अमेरिकी डलर (हालको मूल्यमा दुई करोड ८५ लाख रुपैयाँ) मा खरिद गरेकी थिइन्।

सन् १९९७ मा डायनाको मृत्यु पश्चात यो पेन्डेन्ट सार्वजनिक रुपमा पहिलोपटक कसैले लगाएका हुन्। यसमा रहेको हिरा ५.२५ क्यारेटको रहेको छ।

प्यालेस्टिनी ब्रिटिश व्यापारी नियम अटल्लाहले डायनालाई धेरैपटक यो पेन्डेन्ट दिएका थिए। डायनले धेरैपटक यो पेन्डेन्ट लगाएकी थिइन्। उनका लागि यो पेन्डेन्ट निकै प्रिय रहेको थियो।