BIZMANDU
www.bizmandu.com

पूर्वबाट राजधानी भित्रिने पुरानो मार्ग दाप्चा, कुनै बेलाको जगमग बजार अहिले सुनसान

२०८१ कात्तिक १९

पूर्वबाट राजधानी भित्रिने पुरानो मार्ग दाप्चा, कुनै बेलाको जगमग बजार अहिले सुनसान
पूर्वबाट राजधानी भित्रिने पुरानो मार्ग दाप्चा, कुनै बेलाको जगमग बजार अहिले सुनसान


काठमाडौं । नमोबुद्ध नगरपालिकामा पर्ने नमोबुद्ध गुम्बाबाट केही किलोमिटर यात्रा गरे पुगिन्छ दाप्चा। ऐतिहासिक यो दाप्चा कुनै बेला काभ्रेको मुख्य बजार थियो। पूर्वबाट काठमाडौं भित्रिने नाका थियो यो।

Tata
GBIME
NLIC

राजधानी भित्रिने पूर्वी नाका भने पछिल्लो समय सुनसान छ। दसैं, तिहार, कृष्णजन्माष्टी लगायतका पर्वमा केही चहलपहल भए पनि अरु बेला यहाँ थौरै संख्यामा मात्रै मानिसहरु भेटिन्छन्।

अहिले त्यहाँ पुराना शैलीका नेवार घरहरु त छन्। तर, अधिकांशमा बस्ने मानिस छैनन्। कुनै बेला जगमग हुने यो बजार सुनसान हुनु पछि दुई कारण छन्।

पहिलो वीपी राजमार्गको निर्माण। यो राजमार्ग बनेपछि दाप्चा हुँदै आउने पूर्वका नागरिक सबैको बाटो मोडियो। यहाँका बजारहरु सुके।

दोस्रो बसाइँसराइँ । यहाँका मानिस घर छाडेर बनेपादेखि काठमाडौंसम्म सरे। अवसरको खोजीमा मानिसहरु सहर पस्दा गाउँमा प्राय: सुनसान देखिन्छ।

विशेषगरि कृष्णजन्माष्टमीमा यहाँ ठूलो मेला लाग्छ। यो बेला भने सहरबाट अधिकांश जात्रा मनाउन यो ठाउँ पुग्ने गरेको स्थानीय बताउँछन्। यस्तै, दसै तिहारमा पुर्खौली घर पुग्नेको संख्या पनि धेरै हुन्छ।

पछिल्लो समय दाप्चालाई फेरि ब्युँताउन विभिन्न प्रयासहरु थालिएका छन्। यसलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय वडा कार्यालयले पनि प्रयास गरिरहेको छ। यस्तै, यहाँ होटेल र होमस्टे पनि संचालनको तयारी भइरहेको छ।

स्थानीयको आशा छ : यो क्षेत्रको प्रचार प्रसार गर्न सके यसलाई पहिलाको जस्तो जगमग बनाउन सकिन्छ। तर, यसको लागि स्थानीय सरकार, नागरिक र निजी क्षेत्र सबै मिलेर प्रयास गर्नुपर्छ।