BIZMANDU
www.bizmandu.com

घरमा जुवा खेलिरहेको सूचनापछि प्रहरीको छापा, साढे ९ लाख बढी बरामद

२०८१ कात्तिक १८

घरमा जुवा खेलिरहेको सूचनापछि प्रहरीको छापा, साढे ९ लाख बढी बरामद
घरमा जुवा खेलिरहेको सूचनापछि प्रहरीको छापा, साढे ९ लाख बढी बरामद

काठमाडौं । बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले ९ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको छ।

Tata
GBIME

जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ।

अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ।

निजहरूबाट केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को वर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ।