BIZMANDU
www.bizmandu.com

हरिपुरबाट ३४० किलो गाँजा बरामद, प्रहरीले रोक्न खोज्दा ट्रक छाडेर ड्राइभर फरार

२०८१ कात्तिक १८

हरिपुरबाट ३४० किलो गाँजा बरामद, प्रहरीले रोक्न खोज्दा ट्रक छाडेर ड्राइभर फरार
हरिपुरबाट ३४० किलो गाँजा बरामद, प्रहरीले रोक्न खोज्दा ट्रक छाडेर ड्राइभर फरार

काठमाडौं । सुनसरीको कोसी गाउँपालिका-७ हरिपुरबाट प्रहरीले ३४० किलोग्राम गाँजासहित एक ट्रक नियन्त्रणमा लिएको छ

Tata
GBIME

गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएकोे टोलीले जाँच गर्दा शनिबार सो परिमाणको गाँजासहित ट्रक नियन्त्रणमा लिइएको हो।

प्रहरी उपरीक्षक राजाराम तिम्सिनाका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४१४ नं को ट्रकबाट गाँजा भेटिएको हो। त्यसक्रममा ट्रक रोक्न खोज्दा चालक ट्रक छोडेर भागेका थिए।

यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ।