काठमाडौं । र्याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी भएका छन्।
रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका साहलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ) ले काठमाडौंमा सम्मानित गरेको छ। उनलाई ९५ हजार नगदसहित सम्मान गरिएको हो।
राइडर दीपक साह असोज १६ गतेदेखि २० गतेसम्म भारतमा आयोजना भएको र्याली अफ हिमालयाजको चौथो संस्करणमा सहभागी भएका थिए।
यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ। भारतको हिमाचलस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिब ६०० किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो।
सो अवसरमा कठिन भौगोलिक बनावट र करिब ४ हजार ५५१ किलोमिटर सम्म उचाई भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए।