BIZMANDU
www.bizmandu.com

सुनको भाउ हालसम्मकै उच्च, बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढ्यो

२०८१ कात्तिक १४

सुनको भाउ हालसम्मकै उच्च, बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढ्यो
सुनको भाउ हालसम्मकै उच्च, बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढ्यो


काठमाडौं। सुनको भाउ एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर हालसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रति तोला एक लाख ७० हजार ७ सय रुपैयाँ भएको छ।

Tata
GBIME

मंगलबार तोलामा १५ सय रुपैयाँ बढ्दा प्रति तोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य सामान्य बढेको छ। बुधबार चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रति तोला २ हजार १ सय २० रुपैयाँ कायम भएको छ।अघिल्लो दिन तोलाको २ हजार १ सय ५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस २७७७.८३ डलर पुगेको छ। चाँदी प्रति औंस २४.१६ डलरमा कारोबार भइरहेको छ। मंगलबार सुन २७५६.१४ डलर र चाँदी प्रति औंस ३३.९३ डलर थियो।