BIZMANDU
www.bizmandu.com

नबिल बैंकले घोषणा गर्‍यो लाभांश, गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद दिने

२०८१ कात्तिक १४

नबिल बैंकले घोषणा गर्‍यो लाभांश, गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद दिने
नबिल बैंकले घोषणा गर्‍यो लाभांश, गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद दिने

काठमाडौं। नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ।

Tata
GBIME

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

बैंकको चुक्ता पुँजी हाल २७ अर्ब ५ करोड रुपैयाँ छ। बैंकको निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत गर्नुका साथै साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश पाउनेछन्।

बैंकले गत वर्ष ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।