BIZMANDU
www.bizmandu.com

सामाखुसीमा संचालनमा आयो सेकुवा बाइ किलोको नयाँ आउटलेट

२०८१ कात्तिक १३

सामाखुसीमा संचालनमा आयो सेकुवा बाइ किलोको नयाँ आउटलेट
सामाखुसीमा संचालनमा आयो सेकुवा बाइ किलोको नयाँ आउटलेट



काठमाडौं । राजधानीको सामाखुसीमा सेकुवा बाइ किलोको आउटलेट संचालनमा आएको छ। यो सो कम्पनीको चौथो आउटलेट हो।

Tata
GBIME
NLIC

यसअघि कलंकी, झम्सिखेल, र दरबारमार्गमा सेकुवा बाइ किलोको आउटलेट संचालनमा छन्। पछिल्लो समय यो काठमाडौंमा सेकुवाका लागि यी आउटलेटहरु परिचित हुँदै आएका छन्।

सेकुवा बाइ किलो परम्परागत सेकुवाका लागि प्रसिद्ध छ। यसले ग्राहकलाई एमआरपीमा नै मदिरा उपलब्ध गराउने गर्छ। जसकारण पनि आफ्नो आउटलेटमा मानिसको घुइँचो लाग्ने गरेको कम्पनीको दाबी छ।